बोल्टले ओलिम्पिक्सबाट सन्न्यास लिँदै

<span class='c1'>बोल्टले ओलिम्पिक्सबाट</span> <span class='c2'>सन्न्यास लिँदै</span>

जमेइकाका धावक युसेइन बोल्टले लगातार तीन वटा ओलिम्पिक खेलमा निकै अप्रत्यासित रुपमा नौ वटा स्वर्ण पद जित्दै आफ्नो ओलिम्पिक खेल जीवनबाट सन्यास लिएका छन्।

जमेइकाले चार सय मिटर रिले दौडको फाइनलमा स्वर्ण पदक जितेसंगै बोल्टले आफ्नो ओलिम्पिक खेल जीवनको नवौं स्वर्ण पदक जितेका हुन्।

३० वर्ष पुग्नै आँटेका बोल्टले एक सय र दुई सय मिटर दौड पनि जितेका थिए।

तीन ओलिम्पिक्स खेलमा लगातार तीन वटै स्वर्ण पदक जित्ने उनी पहिलो पुरुष धावक हुन्।

रियो ओलिम्पिक्स चार सय मिटर रिले दौडमा जमेइकालाई स्वर्ण पदक दिलाउन युसेइन बोल्टलाई असफा पावेल, योहान ब्लेक र निकेल आशमिएडले साथ दिएका थिए।

उनले सन् २०१७ मा लण्डनमा हुने विश्व च्यापियनशिप्स् पछि सन्यास लिने योजना बनाएको र सन् २०२० मा टोक्यो ओलिम्पिक्समा भाग नलिने बताएका छन्।

दुई दिन पछि आफ्नो तीसौं जन्मोत्सव मनाउन लागेका बोल्ट टोक्यो ओलिम्पिक्सको बेला ३४ वर्षको हुनेछन्।

बोल्ट भन्दा अघि अमेरिकी धावक र लङ जम्पर कार्ल लेविसले चार ओलिम्पिक्स खेलमा गरी नौ वटा स्वर्ण पदक जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्