तेस्रो ऐतिहासिक महाधिवेशन सम्पन्न

<span class='c1'>तेस्रो ऐतिहासिक</span> <span class='c2'>महाधिवेशन सम्पन्न</span>

विजय धिमाल
राजघाट ५ भदौ
मोरङको उर्लाबारी बौद्ध गुम्बाको सभा हलमा शनिवार संघीय धिमाल स्वायत्त परिषदको तेस्रो ऐतिहासिक महाधिवेशनले पुन बाङ्गाई धिमालको अध्यक्षमा ३५ सदस्यीय केन्द्रिय समिति निर्वाचीत गरेको छ ।
महाधिवेशनले पुन बाङ्गाई धिमाललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वा्चित गरेको हो । लिम्बुवान राज्यमा धिमाल स्वायत्त क्षेत्र प्राप्तिको लागी एक होऔं भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अजितकुमार धिमाल, मन्जु धिमाल, महासचिव केदार धिमाल, सचिव मातृका धिमाल, कोषाध्यक्ष श्रीप्रसाद धिमाल रहनु भएको छ । त्यस्तै विभागिय प्रमुखहरुमा लिम्बुवान धिमाल भोलेन्टियर्स प्रमुख राजु धिमाल, प्रवास विभाग प्रमुखमा मोहनकुमार धिमाल, महिला विभाग प्रमुखमा नानिमाया धिमाल, संगठन विभाग प्रमुखमा जितेन्द्र धिमाल, प्रशिक्षण विभागमा सुर्य माझी, साँस्कृतिक विभागमा धनबहादुर धिमाल र खेलकुद तथा शिक्षा विभागमा विकास धिमाल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा तिलक धिमाल, अष्टनारायण धिमाल, सन्तोष धिमाल, प्रेम धिमाल, डम्बर धिमाल, लिलम धिमाल, भोला माझी, धिरेन्द्र दनुवार, विजय धिमाल, दिपा लेम्बाङ, मनिसा धिमाल, नविना बस्नेत धिमाल लगायत रहनु भएको छ । लिम्बुवान राज्य प्रप्ति भएमात्र धिमाल स्वयत्त क्षेत्र सुनिश्चित हुने र प्राप्तिका खातिर धिमाल समुदाय तयारी साथै एक भएर लाग्नुपर्ने उनले बताए कार्यक्रमका प्रमुख अतिथि संघीय लिम्बुवान पार्टी, नेपालका शिर्ष नेता वीर नेम्बाङले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संघीय लिम्बुवान पार्टी, नेपालका शिर्ष नेता प्रमुख अतिथि वीर नेम्बाङ त्यस्तै बिशिष्ठ अतिथिहरुमा सर्वोच्च नेता कमल छाराहाङ, बरिष्ट नेता सन्जुहाङ पालुङ्वा, वरिष्ट उपाध्यक्ष रामभक्त कुरुम्बाङ, उपाध्यक्ष खगेन्द्र माखिम लगायतले सम्बोधन गरेका थिए भने केदार धिमालले सन्चालन गर्दै स्वागत मन्तव्य सुर्य माझीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्