काकडभिट्टा भदौ ७ , काकडभिट्टामा एक युवाले २२ लाखको लगानीमा 'मसरुम होटल' सञ्चालनमा ल्याएका छन् । बाहुनडाँगीका ३५ वर्षीय श्यामराज भट्टराईले च्याउ उत्पादन संगै होटल समेत सञ्चालनमा ल्याएका हुन । उनको होटलमा च्याउका विभिन्न परिकारमा ललिपप , म:म , सुप , भुटनहरु रहेको छन । होटल संगै उनले बाहुनडाँगी-६ मा ११ लाखको लगानीमा च्याउ उत्पादन गर्नका लागि 'च्याउको ल्याब' समेत सञ्चालन गरेका छन । ८० हजारबाट सुरु गरेको व्यावसायबाट एक करोड सम्म आर्जन गरेको उनले बताए ।