सप्तरी, भदौ । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई आज प्रहरीले पक्राउ गरेको छ ।
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । अभियुक्त दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ । रासस