सरकारले सडक नबनाएपछि गाउँलेको लगानीमा सडक

<span class='c1'>सरकारले सडक नबनाएपछि</span> <span class='c2'>गाउँलेको लगानीमा सडक</span>

पाँचथर भदौ ८ , सरकारले सडक बनाउन वास्ता नगरेपछि इलाम र पाँचथर सीमा विकट गाउँ रानीटार ९ का बासिन्दाले ३० लाख रुपैया संकलन गरी सडक निर्माण गरेका छन् । सरकारी निकायलाई पटकपटक गुहार गर्दा समेत सडक बनाउन कुनै चासो नदेखिएकाले स्थानीयले आफ्नो गाउँको सडक आफ्नै लगानीमा बनाएका हुन । प्रतिघर दुई लाख रुपैयाका दरले १५ परिवारबाट रकम जुटाई गाउँमा आधारभूत सेवा व्यवस्था गरेको स्थानीयको भनाइ छ । वर्षौंदेखि सेवा सुविधाबाट बञ्चित भएका जनता सरकारको मुख ताक्नुभन्दा आफै गर्नु उचित लागेर गरेको स्थानीय मदन राईले बताए । उनिहरुले ५ किमि सडक , घरघरमा पानीको धारा , विद्युत पोलको व्यवस्था गरी घरमा र सडकमा बत्ती बालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्