विजय धिमालको अध्यक्षतामा आम्बारी स्पोर्टीङ क्लब गठन

विजय धिमालको अध्यक्षतामा आम्बारी स्पोर्टीङ क्लब गठन

राजघाट ९ भदौ

 

मोरङको राजघाट आम्वारी स्थित स्थानिय युवायुवतिहरुको भेलाले विजय धिमालको अध्यक्षतामा आम्वारी स्पोर्टीङ क्लब नामक सात सदस्यि समिति गठन गरिएको छ । पुरुष र महिला खेलाडीहरुलाई समेटी खेलकुद मार्फत आफुलगायत ठाउँ र क्लबलाई चिनाउने हेतुले समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष, सचिव, सहसचिव, सदस्यहरु क्रमश सुमित्रा धिमाल, आश्मा धिमाल, संजय धिमाल, विन्दु राई र सेमिका लिम्बु रहेकाछन । हाल क्लबमा १८ वर्ष मुनिका पुरुष र महिला गरी जम्मा ३५ जना सदस्यहरु रहेकाछन । विगत केही महिना देखि पुरुष र महिलाले फुटबलमा केही सामान्य प्रसिक्षण लिइसकेका र विभिन्न क्लब बाट नकआउट, जिल्ला साथै क्षेत्रिय स्तर सम्म फुटबल खेलिसकेकाछन । अबका दिनहरुमा सबैलाई समेट्दै आफु लगायत आफ्नो ठाउँ, क्लब चिनाउन क्लब मार्फत खेल्नुपर्छ भन्ने हेतुले क्लब गठन गर्नुपर्ने आवस्यक रहेको महिला फुटबल खेलाडी अस्मा धिमाल बताउछिन । यदि हामीले केही महिना फुटबल प्रशिक्षण लिनपाए राष्टिय खेलाडी भई राष्टिय स्तर सम्मको खेल खेल्लने क्षमता रहेको पुरुष खेलाडि संजय धिमाल बताउछन । तिथरबिथर भइ खेल खेल्दै आएका स्थानिय पुरुष र महिला खेलाडीहरुलाई एक बनाई क्लब गठन गर्न आवश्यक ठहर गर्दै प्रभात निमाविका शिक्षक सन्त आङबुहाङ र स्थानिय व्यवसायी रमेश लिम्बु(रोहन)ले शुभकामना दिदै खुसी व्यक्त गरेका थिए । हाल ग्रामिण स्तरमा जिल्ला, क्षेत्रिय तथा राष्ट्रिय स्तर सम्मको खेल खेल्ने सक्ने क्षमता भएपनि नेतृत्व गर्ने व्यक्ति नभएकाले स्थानिय स्तरमा मात्रै सिमित रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्