विराटनगरकाे काेशी अञ्चल अस्पताल नजिकै फाेहाेरकाे डंगुर थुप्रिएकाे थियाे । फाेहाेर देखेर वरिपरिका पसलबाट पनि साेहि स्थानमा फाेहाेर फाल्ने गरिएकाे रहेछ । त्याे कुरा ध्यानमा राखिरहेका एक युवाहरूकाे जमात शनिवार बिहानै त्यहाँ पुगे । माक्स, पञ्जा र रंग बाेकेर त्यहाँ पुगेका विराटनगर युथ भिजन नामक समुहका ति युवाले केहि बेरमै त्यस स्थानकाे नक्सा बदलिदिए । केहि समय अघि नाक थुनेर हिड्नु पर्ने त्याे स्थान हेर्दै अाकर्षक बनाए । सलाम छ ति युवाहरूलाइ ।