म्याजिक विराट फुटसल कपकाे उपाधी मनमाेहनले जित्याे

म्याजिक विराट फुटसल कपकाे उपाधी मनमाेहनले जित्याे

म्याजिक विराट फुटसल कपको उपाधी मनमोहन मेमोरीयल पोलिटेक्निकले जितेको छ । आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मकालु टेलिभिजनलाइ ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधी आफ्नो पोल्टामा पारेको हो ।
अत्याधिक दर्शकहरुको उपस्थितीमा भएको रोमाञ्चपुर्ण खेलमा मकालु टेलिभिजनले खेलको पहिलो हाल्फमा ३–१ गोलले खेलमा दवाब राखेको थियो । तर दोश्रो हाल्फ लगतै मनमोहनले खेलमा आफुलाइ साबित गर्दै उपाधी जित्न सफल भएको थियो ।
यस खेलका म्यान अफ द म्याच मकालु टेलिभिजनका अभय कुमार राई भए ।
यसै गरि प्रतियोगिताका उत्कृष्ठ खेलाडी मनमोहनका कप्ता अमित खान भए भने कुल १३ गोल गरि सनराइज बैंकका अजित बान्तवा अत्याधिक गोलकर्ताका रुपमा चयन भए ।

एन्फाका केन्द्रिय सदस्य तथा फुटसल समितिका अध्यक्ष बसन्त राज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको समापन समारोहमा एन्फाका केन्द्रिय उपाध्यक्ष सन्तोष बानिया, मुख्य प्रायोजक म्याजिक फुटवेयरका निर्देशक राजेश बगडिया तथा कार्यकारी निर्देशक हरिष पोद्दार, होटल ह्यारिसनका बिनोद दुगड, फिफाका रेफ्री किरण गिरि, हिट एण्ड हैंग आउट फुटसलका निर्देशक विनोद अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाइ आकर्षक ट्रफि सहित १५ हजार रुपैयाँ , दोश्रो हुनेलाइ ट्रफि सहित १० हजार र म्यान अफ ट टुर्नामेन्टलाइ मेडल सहित ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्