बिराटनगर , भाद्र १२
मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्।
जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन।
तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको छ।