क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या

इलाम। जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यवस्थापनमा समस्या भएको कारागार शाखा इलामले जनाएको छ । अन्य कारागारभन्दा सुविधा सम्पन्न मानिने यस कारागारमा अहिले पुरूष २४०, महिला २४ र चारजना बच्चा गरी जम्मा २६८ कैदीबन्दी रहेका छन् ।

यस्तै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वास्थ्य उपचारमा पनि कठिनाइ भएको छ । कारागारभित्र उपचार गर्न कठिन भएका जटिल बिरामीलाई इलाम अस्पतालभन्दा बाहिर लैजान यातायातको समस्या रहेको छ । कैदीहरूमा उच्च रक्तचाप, जन्डिस, मधुमेह, मानसिक रोगका बिरामी बढी रहेका छन् भने थप उपचारमा बाहिर लानुपर्ने हुँदा एम्बुलेन्स समयमा नपाइने भएकाले समस्या आएको कारागार शाखाका स्वास्थ्य सहायक पङ्कज पोखरेलले बताउनुभयो ।

जिल्लाको उत्कृष्ट वातावरणमा अवस्थित कारागार भए पनि क्षमताअनुसार कैदीबन्दी भए कुनै प्रकारको समस्या नआउने कारागार शाखा प्रमुख सिर्जना लुइँटेल बताउनुहुन्छ । यहाँबाट स्थानान्तरण हुनेभन्दा पनि थपिने कैदीबन्दीको सङ्ख्या बढी भएकाले थप समस्या भएको कारागार शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्