सोलुखुम्बु, भाद्र १३
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।
जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्।
घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।