बिराटनगरमा फाउन्टेन पार्क बन्दै ,दसैबाट संचालनमा ल्याउने तयारी (तस्बिर सहित)

बिराटनगरमा फाउन्टेन पार्क बन्दै ,दसैबाट संचालनमा ल्याउने तयारी (तस्बिर सहित)

बिबेक दाहाल

बिराटनगर भदौ १६ ,

बिराटनगरबासीको लागि खुसीको खबर छ , बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा "इको फाउन्टेन पार्क" को निर्माण अन्तिम चरणमा पुगेको छ । बिराटनगर उपमहानगरपालिका र मोरंग व्यापार संघको संयुक्त लगानीमा उक्त पार्क निर्माण हुन लागेको हो । बिराटनगरको बिरेन्द्र सभा गृह संगै बनिरहेको उक्त पार्क करिब ३ करोडको लगानीमा बन्न लागेको हो । निर्माणाधीन पार्कको अब केहि काम मात्र बाकि रहेको र आगामी दसैंबाट उक्त पार्क संचालनमा ल्याउन लागेको उक्त प्रोजेक्टका सहायक इन्जीनियर अनिल सिंहले आवर बिराटनगर डट नेटलाइ बताए । ३ वर्ष देखि निर्माण कार्य सुरु गरिएपनि विभिन्न कारणले निर्धारित समयमा उक्त पार्क संचालनमा आउन सकेको थिएन । अहिले भने धमाधम उक्त पार्कमा निर्माणकार्य भइरहेको इन्जीनियर सिंहले बताए । मौसमले साथ दिए यहि दसै देखि पार्कको उद्घाटन गरिने उनले जानकारी दिए । उक्त पार्क बिहानै देखि खुल्ने भएपनि रौनक भने साझमा बढी हुने अनुमान गरिएको छ । पार्कमा प्रवेश गर्न भने केहि शुल्क बुझाउनुपर्ने छ , तर अहिले सम्म शुल्क निधारण नगरिएको इन्जिनियर सिंहको भनाइ छ ।

- उक्त पार्कमा बालबालिका मैत्री बिभिन्न खेलहरु तथा बालबालिका मैत्री वातावरण हुनेछ ।

- पानीको बिभिन्न फोहरा सहितको फाउन्टेनहरु ।

- सबैका उमेर समुहका लागि शान्त वातावरणमा रमाउन सकिने वासस्थान ।

- चमेना गृहको सुबिधा सहित ।

 

 

 

brt park

brtpark3

brtpark4

brtpark5

 

तस्बिर : बेबिन शाक्य / आवर बिराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्