सात कक्षा पढेका भारतीय डाक्टर सिरहाबाट पक्राउ

सात कक्षा पढेका भारतीय डाक्टर सिरहाबाट पक्राउ

बिराटनगर भदौ १७, सिरहाको गोलबजार नगरपालिका ४ बाट एक भारतीय नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मुजवुल अन्सारीको घरमा भाडामा आफ्नो क्लिनिक सञ्चालन गर्दै आएका भारत मधुवनी सोनामती पञ्चायत वावुलडी थाना बिहार बस्ने रामजी दास पक्राउ परेका हुन । प्रहरीका अनुसार उनले जम्मा ७ कक्षा अध्ययन गरेका छन र उनिसंग क्लिनिक सञ्चालन गर्न कुनै इजाजतपत्र पनि छैन । उनि आफु एमबीबीएस र एएम , जेनरल फिजिसियन एण्ड सर्जन लेखेको बोर्ड लगाएर बिमारी ठग्दै गर्दै आएका थिए । उनको पसलबाट अौषधि लगायतका सामग्री जफत गरिएको छ । बिमारीहरुको गुनासो बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्