सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा

<span class='c1'>सिरहामा मातृ तथा नवजात</span> <span class='c2'>शिशु मृत्युदर शून्यमा</span>

लहान। सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिरहाका सुरक्षित मातृत्व फाँटका प्रमुख रेणु राईले जानकारी दिनुभयो ।

अघिल्लो आव ०७०/७१ मा पनि प्रसूति गराउने क्रममा कुनै पनि आमाको मृत्यु भएको थिएन । यस्तै आव ०७२/७३ मा जिल्लामा कुनै पनि नवजात शिशुको मृत्यु भएको सूचना नआएको राईले बताउनुभयो । गत आव ०७१/७२ मा भने सिरहामा ६ जना नवजात शिशुको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । अघिल्लो आव २०६९/७० मा भने १० र आव २०६८/६९ मा १४ जना नवजात शिशुको मृत्यु भएको थियो ।

सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहनस्वरुप ५०० रुपैयाँ र न्यानो लुगा दिन थालेपछि सिरहामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । आव ०७२/७३ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्यामा आठ हजार ८५६ पुगेको छ भने घरमै दक्ष प्रसूतिकर्मीबाट ४३० जना महिलाले सुत्केरी गराएको जिल्ला जनस्वस्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आव ०७२/७३ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या शत्प्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या १५ प्रतिशत मात्र रहेको रार्ईले बताउनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्