काठमाण्डाैमा विद्यापति समाराेह मनाइने

<span class='c1'>काठमाण्डाैमा विद्यापति</span> <span class='c2'>समाराेह मनाइने</span>

यसवर्षकाे धवल त्र्याेदशीकाे तिथिमा काठमाडाैंमा विद्यापति स्मृति पर्व समारोह मनाइने निर्णय गरिएकाे छ । मैथिल यूवाहरूकाे जमातले साे समाराेहलाइ भव्यतापूर्वक मनाउने निर्णय गरेकाे कुरा युवा अभियानी प्रशान्त अर्जुन झाले उनकै नेतृत्वमा हुने बताएँ । उनले साे अायाेजन दुइ दिवसीय समाराेह अनुसार गर्ने जनाए । साे अभियानमा अाफ्नाे शश्क्त रूपमा सहयाेगी भएर कार्यक्रमलाइ सफल बनाइने प्रतिबद्धा जनाएका छन् अर्का मैथिल अभियानी यूवा निराजन झा जसले यस अघि पनी मैथिली मिथिला सम्बन्धी अनेक कार्यक्रम गरि अाफू पूर्ण सक्षम रहेका कुरा जनाइ सकेका छन् । कार्तिक २६ र २७ गते प्रस्तावित उक्त अायाेजनमा ३०लाख रूँपिया खर्च हुने बताए र नेपालका नेपाली पछिकाे प्रमुख भाषाका रूपमा रहेका मैथिली भाषा भाषीकाे इतिहासमा याे एक अविस्मरणीय कार्यक्रम हुने संयाेजनकर्ता प्रशान्त अर्जुन झाले संवाद मिडियालाइ जानकारी गराए । त्यस्तै मैथिली भाषाकाे संग-संगै मिथिला संस्कृति र सभ्यता एवं पहिचान काे सदा-सनातन संरक्षित गर्न विभिन्न सत्रमा विचार गोष्ठी, कवि गोष्ठी, विद्वत् सभा आदि कार्यक्रम समेत गर्ने प्रशान्तले जनाए । मैथिली विद्वानहरूद्वारा मिथिलाकाे १३अाैं र १४अाें शताब्दीकाे राजनीतिक, सामाजिक, सहित्यिक र साे समयका मिथिलाकाे सामाजिक – राजनीतिक व्यवस्थामा व्याख्यान समेत प्रस्तुत गरिने र विविध बिषयमा परिचर्चा र कार्यपत्र आदि प्रस्तुति गरिने जानकारी निराजन झाले गराए। यसै कार्यअनुरूप समुचित संयोजन कार्य आरम्भ भै सकेकाे उनले बताएँ र साेही अनूरूप अाज एक कार्यक्रम बीच साे अायाेजना बारे सबैमा जानकारी दिने र विद्वान वर्गबाट अावश्यक विचार लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्