हङकङमा रहेका जीवन पोमुले गरे खेलकुद सामाग्री सहयोग

<span class='c1'>हङकङमा रहेका जीवन पोमुले</span> <span class='c2'>गरे खेलकुद सामाग्री सहयोग</span>

 

राजघाट १९ भदौ

मोरङको राजघाट आम्वारीमा नव गठित आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङमा रहेका जीवन पोमुले नौ हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नु भएको छ । उर्लाबारी ट्राभलस एण्ड टुर्स/सेवारो टेलिफोन सेवाका प्रोपाइटर दिपक पोमुले क्लबका यध्यक्ष विजय धिमाललाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो । जस्मा फुटबल तिन थान, भलिबल दुई थान र भलिबल नेट एक थान सहयोग भएको हो । यसै क्रममा क्लबको सपत कार्यक्रम समेत भएको थियो । पुरुष र महिला खेलाडीहरुलाई समेटी खेलकुद मार्फत आफुलगायत ठाउँ र क्लबलाई चिनाउने हेतुले समिति गठन गरिएको हो । हाल क्लबमा १८ वर्ष मुनिका पुरुष र महिला गरी जम्मा ३० जना सदस्यहरु रहेकाछन । आम्वारीका खेलाडीहरु विभिन्न क्लबहरुबाट नकआउट, जिल्ला साथै क्षेत्रिय स्तर सम्म फुटबल खेलिसकेकाछन । यदि हामीले केही महिना फुटबल प्रशिक्षण लिनपाए राष्टिय खेलाडी भई राष्टिय स्तर सम्मको खेल खेल्लने क्षमता रहेको खेलाडिहरुको भनाई रहेको थियो । हाल ग्रामिण स्तरमा जिल्ला, क्षेत्रिय तथा राष्ट्रिय स्तर सम्मको खेल खेल्ने सक्ने क्षमता भएपनि नेतृत्व गर्ने व्यक्ति नभएकाले स्थानिय स्तरमा मात्रै सिमित रहेको पाइन्छ आम्बारीका खेलाडीहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्