झापाको एक घरमा अज्ञात समुहबाट आगजनी

झापाको एक घरमा अज्ञात समुहबाट आगजनी

झापा, भाद्र २१

अज्ञात समुहले झापाको गरामनि गाविसस्थित एक घरमा सोमबार राती आगजनी गरेका छन्।

गरामनि- ३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राती पेट्रोल छर्केर आगजनी गरिएको छ।

आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ।

आगलागीबाट टिनले बनेको घर तथा घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिगई घटनाबारे अनुसन्धान शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्