निल अार्मस्ट्रङसँगै चन्द्रमा टेक्ने बज एल्ड्रिन विराटनगरमा

निल अार्मस्ट्रङसँगै चन्द्रमा टेक्ने बज एल्ड्रिन विराटनगरमा

सन १९६९ मा चन्द्रमामा मानविय विजयी हासिल गर्ने समुहका एक अन्तरिक्षयात्री बज एल्ड्रिन अाज विराटनगर अाएका छन् । उनले निलअार्म स्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका थिए ।  उनी विराटनगर एयरपाेर्ट हुदै सितागंज सुनसरी स्थित एभरेष्ट साइन्स सेन्टरमा भएकाे एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । उनीसँगै बजका छोरा मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष डाक्टर एन्ड्रिउ एल्ड्रिन,नासाका प्राविधिक विशेषज्ञ एलिजावेथ लेब्लेन तथा रकेट बनाउने लक्हिड मार्डिन कम्पनीका म्यानेजर जोसेफ लेवेलेन्स समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा माेरङ र सुनसरी क्षेत्रका कलेज तथा स्कुलका हजाराैं विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे । साे अवसरमा बजले अाफ्नाे जीवन कथा सुनाएर सहभागीहरूलाइ प्राेत्साहन गरेका थिए । यसै गरि अन्य सहभागीहरूले मंगल यात्रा, स्पेस सुट लगायतका बारेमा प्रस्तुति दिएका थिए । साेहि क्रममा सन २०१८ सम्म मंगल ग्रहमा मान्छे पठाउने याेजनाका बारेमा समेत जानकारी गराइएकाे थियाे ।

buzz aldrin in biratnagar (2)buzz aldrin in biratnagar (10)buzz aldrin in biratnagar (8)buzz aldrinbuzz aldrin in biratnagar (3)buzz aldrin in biratnagar (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्