सिरहा, भाद्र २२
सिरहाको धनगढीमाई-२ स्थित भवानीपुरमा मंगलबार चट्याङलागेर आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई-२ स्थित भवानीपुर बस्ने ४० बर्षिया जुर्मी सदा उनको १२ बर्सषिया छोरा सुरज सदा रहेका छन्।
अपरान्ह ४ बजेतिर अचानक परेको चट्याङले आफ्नै बारीमा सब्जी टिप्न जाँदा उनीहरुलाई चट्याङ लगेको थियो।
चट्याङलागेर छोरा सुरज सदाको घटना स्थलमै मृत्यु भएको छ भने आमा जुर्मि सदाको उपचारकोलागी लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना स्थलमा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।