सप्तरी, भाद्र २२
सप्तरीको अर्नाह गाविसमा मंगलबार सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्नाह गा.बि.स.-२ बस्ने रामअवतार चौधरीको १५ वर्षिया छोरी रामकुमारी चौधरी रहेका छन्। चौधरीलाई आफ्नै घरमा मंगलबार साँझ बसि रहेको अवस्थामा विषालु सर्षले टोकेको थियो।
सर्पले टोकेपछि उनलाई उपचारकालागी सगरमाथा अंचल अस्पताल पुर्याइएकोमा उपचार हुन नसकेपछि थप उपचारकालागी धरान घोपातर्फ लैजानेक्रममा साँझ १९३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।