आफू प्रधानमन्त्री भएपछि मुलुकको स्थितिमा सुधार: प्रचण्ड

आफू प्रधानमन्त्री भएपछि मुलुकको स्थितिमा सुधार: प्रचण्ड

प्रबिन दाहाल काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज व्यवस्थापिका–संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी २०७४ साल माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले स्थानीय तह पुनर्संरचनाको काम असोज मसान्तभित्रै टुंगो लगाउने प्रयास सरकारले गरिरहेको जानकारी दिनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वा्चित भएपछि मुलुकको स्थितिमा सुधार आएको भन्दै असन्तुष्ट पक्ष वार्ताका लागि तयार देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्