बलात्कार गरी गर्भपतन गराउने बाबु-छोरा पक्राउ

बलात्कार गरी गर्भपतन गराउने बाबु-छोरा पक्राउ

सुर्खेत भदौ २५ , बालिकालाई बलात्कार गरेर गर्भ बसेपछि गर्भपतन गराउने बाबु-छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षिय बालिकालाई बलात्कार गर्ने छोरा र गर्भपतन गराउने बाबुलाई सुर्खेतबाट पक्राउ गरेको हो । गत वैशाख १६ गते सुर्खेतका १८ वर्षका सुनिल मल्लले बालिकालाई बलात्कार गरेका थिए । बालिकाको गर्भ रहेको थाहा पाएपछि ५ महिनाको गर्भ बाबु दानबहादुर मल्लले बालिकालाई वीरेन्द्रनगर ल्याएर गर्भपतन गराएका थिए । प्रहरीले बालिकाको बुवाले दिएको ठाडो उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्