बेलबारीमा जारी नक आउट फुटबल प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

<span class='c1'>बेलबारीमा जारी नक आउट फुटबल</span> <span class='c2'>प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु</span>

बिपिन आचार्य

बेलबारी भदौ २४ ,  पुष्पाञज्लि फुटबल क्लब बेलवारी ७ धरहरा द्रारा आयोजना गरिएको नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवारबाट दोस्रो चरणका खेलहर(क्वाटरफाईनल) सुरु भएका छन्, बिहीवार भएको पहिलो क्वाटरफाईनल खेल अन्तर्गत बेतना युनाइटेड क्लब बेलवारी र एकता युवा क्लब कोशीहरैचा बिच भएको खेलमा बेतना युनाइटेड क्लब १-० गोल अन्तरले बिजय हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
तेस्तै गरि शुक्रबार हुने दोस्रो क्वाटरफाईनल खेलका लागि फोक्लेणड फुटबल क्लब र आयोजकको "बि" टिम बिच खेल हुने कुरा आयोजकले बताएको छ।
भाद्र १५ गते बाट सुरु भएको प्रतियोगिता आगामी असोज १ गते सम्म चल्ने खेल सम्योजक रामहरी कोईरालाले जानकारी दिनु भयो।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगत १५००० सहित सिल्ड,मेडल र प्रमाणपत्र तेस्तै दोस्रो हुने टिमलाई नगत १०००० सहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने साथै प्रतियोगिता उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई विभिन्न बिधा मा पुरस्कार प्रदान गरिने आयोजक क्लबका सचीव राम कृष्ण थापाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्