झापा, भाद्र २४ ,
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले चोरीका १५ वटा मोटरसाइलसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
परेका छ जनालाई बुधबार अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वबजनिक गरीएको हो। पक्राउ पर्नेमा झापाको हल्दीबारीका राम भारती, भद्रपुरका दिपक राय, चन्द्रगढीका अशोक राजवंशी, विर्तामोडका सइदुल शेख, र भारत सिलगुडीका जीवन राजवंशी, गलगलियाका मोहम्मद सइदुन, रहेका छन्।
गोप्य सुचनाका आधारमा झापाको विर्तामोड, भद्रपुर, गरामुनी लगाएतका स्थानबाट बिभिन्न कम्पनी तथा हर्ष पावर क्षमताका बिभिन्न मोटरसाईकल सहित पक्राउ गरेको हो।
परेका छ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ