अनुभव : बिराटनगरमा भएको हत्याकाण्डको दिन !! – सोनु दास

अनुभव : बिराटनगरमा भएको हत्याकाण्डको दिन !! – सोनु दास

सधैं झैँ बिराटनगरस्थित मकालु टेलिभिजनमा समाचार वाचन गर्नकालागि अफिस आइपुगें । जसरी म, मिन दाई र मीना दिदी अफिसमा थिए । बिहानको ७ देखि ८ बजेसम्मको न्यूज पढेँ । अनि, त्यसपछि पुनः म आफनो न्यूज कम्पाइलिङ डेस्कमा बसेँ । दिदी मिनासँग कुरा गर्दैगर्दा फेसबुक खोल्ने कुरो भयो र हामी दुवै जना फेसबुक खोल्यौँ । अनि एकै छिन् पछि मेरो नजर एक स्टाटसमा पर्यौ । त्यो स्टाटस बिराटनरको एक अनलाइन मिडियाको थियो र स्टाटस चाँही यस्तो थियो । ब्रेकिङ्ग अपडेटः विराटनगर–१३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक अज्ञात व्यक्तिको लास फेला परेको छ ।

हिजो अर्थात सोमवार भर्खर एक भारतीय सिरियल किलरको समाचार सेलाउन नपाउँदै फेरी यो स्टाटस हेर्दा मेरो दिमाग नै खल्बलियो । अब के गरुँ ? के गरुँ जस्तो भयो ? अनि म लगत्तै पत्रकार नविन कर्णदाइलाई कल गरे । दाइ एक चोटिमा मोबाइल उठाउनु भएन । मन मनै म बुझिसकेको थिए कि दाइलाई थाहा भइसकेछ । एक छिनपछि दाइ आफैँ कल गर्नु भयो र मैले भने ‘दाइ विराटनगर–१३ तिनटोलियाको एक घरमा हत्या भएको कुरा आएछ ।’ दाइले जवाफ दिनु भयो म घटनास्थलमा छु र फोन काट्नु भो । अब मलाई कतिखेर घटना स्थल पुगुँ पुगँु लाग्यो । यथार्थ घटना बुझ्न, तर जान सकिन कारण मेरो साढे नौ बजेको बुलेटिन ।

म हत्या भएको घरभित्र छिर्ने प्रयासमा जुटँे तर विफल भएँ । किनभने प्रहरीले नै रोक लगाएको थियो । यो लगत्तै म साचार संकलनमा जुटेँ । त्यसपछि कुरा बुझदै जाँदा विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा एक युवकको शव भेटेको हो । यति मात्र होइन हत्या त भयो तर यसको थप विवरण बुझ्दा म त झण्डै होस गुमाएँ । हत्या कसरी भयो ? भने बुझदा त उक्त व्यक्तीलाई टुक्रा–टुक्रा पारेर बोरामा हालेको रहेछ । मृतकको टाउको र घुँडा एकातिर राखेको थियो भने घुँडा भन्दा माथिको भाग बोरामा प्याक गरिएको थियो ।

म आफनो बुलिटिन पढे लगत्तै विराटनगरको तीनटोलियास्थित घटनास्थल पुगँे । र त्यो वातावर हेर्दा मेरो मुटु काँम्न थाल्यो । घर वरिपरि सयकडौं मान्छेको भिँड । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका विशेष टोली अनुसन्धानमा जुटेको देखँे । अब कुरो आयो मृतक मान्छे को हो ? उक्त मान्छेलाई किन मार्यो ? भन्ने प्रश्न मेरो मनमा आउन थाल्यो । अनि म हत्या भएको घरभित्र छिर्ने प्रयासमा जुटँे तर विफल भएँ । किनभने प्रहरीले नै रोक लगाएको थियो । यो लगत्तै म साचार संकलनमा जुटेँ । त्यसपछि कुरा बुझदै जाँदा विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा एक युवकको शव भेटेको हो । यति मात्र होइन हत्या त भयो तर यसको थप विवरण बुझ्दा म त झण्डै होस गुमाएँ । हत्या कसरी भयो ? भने बुझदा त उक्त व्यक्तीलाई टुक्रा–टुक्रा पारेर बोरामा हालेको रहेछ । मृतकको टाउको र घुँडा एकातिर राखेको थियो भने घुँडा भन्दा माथिको भाग बोरामा प्याक गरिएको थियो ।
कुरा बुझ्दा ६ दिन अघि मात्र सिरहाका यादव थरका ४ जना विद्यार्थी उक्त घरको भुइँतल्लाको कोठामा भाडामा बस्न आएको रहेछन् । घरधनी केहिदिन यता घरायसी कामले धनकुटा गएको रहेछ । यो सब विवरण आउँदै गर्दा प्रहरीले घटना भएको कोठामासँगै बस्ने एकजना १३ बर्षिय बालकलाई फेला पार्यो । उहाँहरुले सोधपुछ गर्न सुरु गरे । यसपछि म म अफिसतिर लागें । घटनाबारे अफिसमा जानकारी गराएँ । त्यपछि म आफ्नो कार्य एक जनालाई जिम्मा लगाउँदै स्कुलतिर लागें ।
श्रेष्ठको घरमा भेटिएको शव विराटनगरको तीनटोलियास्थित सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होस्टलमा काम गर्दै आएका सुनसरी औरावनी–५ का विनोद यादवको भएको प्रहरीले पुष्टि भयो । श्रेष्ठको घरमा भदौ १५ गतेदेखि सिरहाका २० वर्षीय राकेशकुमार यादव, १९ वर्षका सरोज यादव र कृष्ण यादव, सप्तरीका १८ वर्षीय जितेन्द्र साह र १३ वर्षका मनोजकुमार साह भाडामा बस्दै आएका थिए ।
मृतक यादव हिजो(सोमवार)साँझ उनीहरुको कोठामा पार्टी खान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार हत्याको कारण भने खुलेको छैन । श्रेष्ठको घरमा बस्ने १३ वर्षीय मनोजकुमार साह बाहेक अरु ४ जना भने फरार छन् । उनीहरुले १३ वर्षीय मनोजलाई कोठामा थुनेर भागेको पाइएको छ ।
उनी प्रहरी नियन्त्रणमा छन् । १३ वर्षीय मनोजले प्रहरीलाई बताए अनुसार आफूलाई गएराति कोठामा बसेर पढ भन्दै उनीहरु सबै खानपिनमा बसेका थिए । शव पोष्टमार्टमकालागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग बोरामा हालेर राखिएको अवस्थामा फेला परेको छ भने जिउ डसनामा बाँधेर राखिएको अवस्थामा फेला परेको छ । घटनास्थलमा मदिराको बोतल र तासको गड्डी भेटिएको प्रहरीले जनाएको छ ।
अहिले पनि ती विभत्स दृष्य मेरो दिमागमा नाचिरहेको छ ।

(लेखक सोनु दास बिराटनगरस्थित मकालु टेलिभिजनमा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्