स्पोर्टीङ क्लबलाई सहयोग जुट्दै

<span class='c1'>स्पोर्टीङ क्लबलाई</span> <span class='c2'>सहयोग जुट्दै</span>

राजघाट २४ भदौ

 

मोरङ÷आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङ रहेका लासाङ निङलेकु लिम्बु ले क्लबमा आवस्यक सामाग्री खरिद गर्नभनि पाँच हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उक्त्त रकम राजघाट निवासी हाल उर्लाबारी रहदै आएका प्रेम निङलेकुले क्लबका यध्यक्ष विजय धिमाललाई हस्तान्तरण गर्नुभएको थियो । केही हप्ताह गठित क्लब र क्लबमा आबद्ध नव पालुवा खेलाडीहरु भविस्यमा आफु सँगै गाउँलाई चिनाउने सम्भावना भएको देखे र मेरो यो सहयोगले केहीनकेही सहौसला सँगे जाँगर चलोस भन्ने हेतुले सहयोग गरेको लासाङ बताउछन । थप्दै यस क्लब बाट भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन नहोला भन्न सकिन्न र आफ्नो क्षमता अनुसार राम्रा कार्यहरुमा स्वदेश तथा विदेशमा रहेकाहरुले साथ सहयोग गर्न आवश्यकछ, आइपरेको खण्डमा क्लबलाई अझै सहयोग गर्नेछु । क्लबमा आबद्ध केही खेलाडी नकआउट, जिल्ला साथै क्षेत्रिय स्तर सम्म फुटबल खेलेपनि ब्यवसायीक खेलाडी बन्न सकेको छैन । जिल्ला, अञ्चल र राष्ट्रिय खेलकालागी खेलाडी छनौट विधिमत्रै पुरा गरेको पाइन्छ, जति छनौट गरेपनि खिचातानी र नातासाइनोका कारण राम्रा खेलाडी ग्रामिण भेगमै रहनुपर्ने बाध्यता रहेको क्लबका अध्यक्ष धिमाल बताउछन । थप्दै अबका दिनहरुमा सकारात्मक साथ र सहयोग सबै बाट हुन सके खेल र खेलाडी नमर्ने, नविर्सने अवस्था सिर्जना हुनेछ । सहयोग गरी सक्नुहुने प्रति क्लबको तर्फबाट धन्यवाद दिदै अन्यहरुबाट सहयोगको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्