बिराटनगर भदौ २५ ,
युवाहरु माझ लोकप्रिय विवेकशील नेपाली दलले मोरङको उर्लाबारीमा सरसफाइ अभियान जारी राखेको छ । आज विवेकशील नेपाली दलका अभियानकर्ताहरुले उर्लाबारीको मंगलबारेमा सरसफाइ गरेको थियो । उल्लेख्य रुपमा युवाहरूको उपस्थिति रहेको उक्त अभियान तेस्रो हप्तामा आइपुगेको विवेकशील नेपाली दलका पिताम्बर घिमिरेले बताए । यसअघि पनि विवेकशील नेपालीले झापामा पनि सरसफाइ अभियान चलाउदै आएको छ ।
तस्वीरहरु: