स्कुल पढ्दा 'म ठुलाे भए पछि अन्तरिक्षयात्री बन्छु' भन्ने सपना राख्थें । मलाइ लाग्छ मेराे जीवनकाे पहिलाे लक्ष्य नै यहि थियाे । प्लास्टिकका बट्टा र प्रिंगल चिप्सका डब्बालाइ जाेड्दै कन्भेक्स लेन्स अनि कन्केभ लेन्स हालि टेलिस्काेप बनाएर अाकाशका तारा र चन्द्रमा हेर्नुमा मेराे प्राय रातका घण्टाैं लाग्थे । महान वैज्ञानिकका जीवनी, विज्ञान किताब, कान्तिपुर र नेपाल टेलिभिजनबाट अाउने विज्ञानका कार्यक्रम मलाइ 'मुमिन' र शनिबार बिहान अाउने 'रामायण' जत्तिकै प्रिय लाग्थे । युरी गार्गिन, निल अार्म स्ट्रङहरू 'शक्तिमान' र 'जुनियर जि' जत्तिकै अाफ्ना लाग्थे । तारामण्डल, ग्रह र अन्तरिक्षका बारेमा जानकारीहरू अनगिन्ति पढियाे । नेपालकै ठुलाे विज्ञान सम्बन्धी संस्था नास्टलाइ अाफ्ना इच्छाहरूबारे कयाैं पत्र पठाइयाे । तर ..... विस्तारै बट्टाकाे टेलिस्काेप अनि किताबका जीवनीमा अडेका न्युटन र अाइन्सटाइनहरूले म भित्रकाे अन्तरिक्षयात्रीलाइ जाेगाइरहन सकेनन् ।
केहि दिन अघि तिनै मेरा हिराेहरू मध्येका बज एल्ड्रिनलाइ विराटनगर नजिकै भेट्न पाउँदा म भित्रकाे अन्तरिक्षयात्रीले मलाइ फेरि जिस्काउदै सान्तवना दियाे 'तैलें मात्र हाेइन मलाइ याे देशका थुप्रै बालबालिका र युवाहरूले अाँफै भित्र मारेका छन् ।..... '
- सराेज कार्की (२६ भाद्र २०७३)