कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौँ, थारु समुदायको सहभागिता बढाउनुपर्छ : गगन थापा

<span class='c1'>कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौँ, थारु</span> <span class='c2'>समुदायको सहभागिता बढाउनुपर्छ : गगन थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदल्ने संकल्प गरिएको बताएका हुन् ।

उनले पार्टी परिवर्तनको अर्थ केवल नेतृत्व वा अनुहार परिवर्तन नभई विगतका सकारात्मक मूल्य र योगदानलाई जोगाउँदै कमजोरीहरूलाई त्याग्नु रहेको बताए । उनले भने, ‘विशेष महाधिवेशनबाट हामीले के संकल्प गरेका छौँ भने नेपाली कांग्रेसलाई बदल्छौँ। नेपाली कांग्रेस बदल्ने भनेको अनुहार बदल्ने कुरा मात्र होइन । अगाडिको अनुहार खराब थियो, अहिले आएको अनुहार सफा थियो भन्ने पटक्कै होइन । बदल्ने भनेको नयाँ संकल्प गर्ने भनेको हो । नयाँ सोचका साथ काम गर्ने भनेको हो। त्यो भनेको विगतबाट प्रेरणा लिने, विगतका जति पनि राम्रा कामहरू छन्, सत्कर्महरू छन्, गुणहरू छन्, त्यसलाई जोगाउने, जगेर्ना गर्ने र विगतका कूकर्महरूलाई छाड्ने हो।’ थापाले नेपालको राष्ट्रिय एकीकरण र अखण्डताको रक्षामा थारु समुदायले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै समुदायप्रति सम्मान व्यक्त गरे।

उनले भने, ‘नेपालको राष्ट्रिय एकीकरणमा पनि ठूलो योगदान रहेको र नेपालको अखण्डताको रक्षा गर्ने कुराको सन्दर्भमा पनि अग्रमोर्चामा रहेर थारु समुदायले गर्दै आएको योगदानलाई आज हामीले स्मरण गर्नुपर्छ । नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको स्थापनामा पनि थारु समुदायको योगदान छ । म उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।’

थापाले बीपी कोइरालाले परशुनारायण चौधरीप्रति देखाएको विश्वास थारु समुदायप्रतिको सम्मानको प्रतीक भएको बताए ।
उनले भने, ‘कुनै बेला बीपी कोइरालाले नेपाली कांग्रेसले सरकार चलाउने अवस्था आयो भने यसको नेतृत्व परशुनारायण चौधरीले गर्नुहुन्छ भनेर भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभएको थियो । त्यतिबेला उहाँलाई प्रस्तुत गर्नुपर्ने कुनै राजनीतिक बाध्यता थिएन । त्यो बीपी कोइरालाको परशुनारायण चौधरीप्रतिको व्यक्तिगत विश्वास र त्योभन्दा ठूलो यो समुदायप्रतिको विश्वास थियो । यसलाई हामीले स्मरण गर्नुपर्छ ।’उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कमैया मुक्तिको ऐतिहासिक निर्णय भएको स्मरण गरे ।
थापाले पार्टीको संगठन विस्तारमा थारु समुदायको सहभागिता बढाउन आग्रह गर्दै क्रियाशील सदस्यता विस्तार अभियानमा सक्रिय हुन आह्वान गरे ।

उनले भने, ‘हामी प्रत्येक भ्रातृ संगठनहरूले अधिवेशन गरून् भन्ने चाहन्छौँ र त्यसमा सहयोग गर्न चाहन्छौँ। अहिले क्रियाशील सदस्यता अध्यावधिक गरिरहेका छौँ। जनसंख्याको अनुपातमा जति सदस्य बनाउनुपर्ने हो, त्यति बनाउन सकेका छैनौँ। म नेपाल थारु संघलाई आग्रह गर्छु, थप एक महिनाको समय लिएर कम्तीमा पनि पाँच प्रतिशत संख्या पु¥याउने लक्ष्यसहित थारु समुदायका साथीहरूलाई क्रियाशील सदस्य बनाउने अभियानमा लागौँ।’कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि थारु समुदायको योगदानको चर्चा गर्दै नेपालको आर्थिक विकासमा समुदायले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘मधेशमा मानव बस्ती सम्भव छ भनेर देखाउने पहिलो समुदाय थारु समुदाय हो। आफू बसेर खेती पनि हुन्छ, बस्ती बसाउन सकिन्छ र नेपालको प्रमुख स्रोतको थलो पनि हो भन्ने कुरा स्थापित गर्ने काम थारु समुदायले गरेको हो। त्यसकारण थारु समुदायले यो देशको आर्थिक विकासमा ठूलो योगदान गरेको छ।’पौडेलले थारु समुदाय लामो समयसम्म उपेक्षामा परेको स्वीकार गर्दै संविधानले धेरै अधिकार सुनिश्चित गरे पनि अझै सुधारका क्षेत्र रहेको बताए।

उनले भने, ‘यो समुदाय उपेक्षामा परेको सत्य हो। संविधानले धेरै कुरा दिएको छ, तर पूर्ण छ भनेर मैले भनिरहेको छैन। तर त्यसको रक्षा गर्ने कुरा पनि हाम्रो हातमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्