नयाँ मोबाइल किन्दाको खुसी र पुरानो छोड्दाको दुख – बिबेक दाहाल

नयाँ मोबाइल किन्दाको खुसी र पुरानो छोड्दाको दुख – बिबेक दाहाल

हुनत अहिलेको समाज जीवित चिजलाई नै हेला गर्न थालिसक्यो , आफन्तले आफन्तलाई कुटेको मारेको समाचार दैनिक हामी सुन्ने र हेर्ने गर्छौं । मानवीय भावना कम हुदै गएकोछ भनेर भनेको सुनेकै हौला तर तपाई हामी केहीलाई अहिले सम्म कुनै निर्जीव चिजको माया या न्यास्रो लाग्ने गरेको छ ?

पाठकहरु हास्नु हुन्छ होला तर मलाई लाग्छ व्यक्तिगतरुपमा भन्नुपर्दा । कुरा केहि दिन अगाडिको हो , मैले नयाँ मोबाइल किने , जाओमी ब्रयांडको रेड्मी थ्री यस भन्ने ।  सस्तो पनि अनि धेरै सुबिधा सहितको त्यो मोबाइल सेटले मन नै लोभयाएको थियो । जे होला होला भनि किनिहाले नयाँ मोबाइल सेट आफ्नोलागी । आफुले चाहेको मोबाइल किन्न पाउदा कसको मन फुरुंग हुदैन र ? मेरो पनि भयो मन निक्कै फुरुंग । हुन त म ग्याजेटको शौखिन त्यति धेरै भने होइन तर नयाँ नौलो के के आयो बजारमा भनेर जानकारी राख्न भने रुची राख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्