विराटनगर अब महानगरपालिका बन्ने

विराटनगर अब महानगरपालिका बन्ने

बिराटनगर भदौ २९ , बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचनासगै विराटनगर पनि महानगरपालिका हुने निस्चय भएको हो । विराटनगरलाई महानगरपालिका बनाउन बुधनगर , भातिगछ , कटहरी , वैजनाथपुर , टंकीसिनुवारीको पुरै भाग तथा लखन्तरी र हात्तीमुढाको केही भाग समेटिने भएको छ । हाल काठमाडौ मात्रै महानगरपालिका रहेको छ।

स्थानीय तह पुर्नसंरचना आयोगले गरेको प्रस्ताव अनुसार मोरङमा १३ वटा स्थानीय तह निर्माण गर्ने सहमति दलहरूले जुटाएका छन् । मोरङमा १ महानगरपालिका , ७ नगरपालिका र ५ गाउपालिका बनाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्