जथाभावी पिसाब गर्नेलाई उठबस गराउदै सप्तरी प्रहरी

जथाभावी पिसाब गर्नेलाई उठबस गराउदै सप्तरी प्रहरी

सप्तरी २९ भदौ , सप्तरीमा प्रहरीले सार्वजनिक स्थानमा पिसाब फेर्नेलाई तहलगाउन नयाँ जुक्ति निकालेको छ । सार्वजनिक स्थानमा पिसाब फेरेको पाइए कान समातेर उठबस गराउन थालेको छ सप्तरी प्रहरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा पिसाब फेर्नेलाई सबैका अगाडि उठबस गराउन थालेको हो । सर्वसाधारणलाई सचेत बनाउन यस्तो अभियान सुरु गरिएको प्रहरीले बताएको छ । सार्वजनिक सौचालय भएपनि मानिसहरु सौचालय कै छेउमा भएपनि सार्वजनिक ठाउँमा पिसाब फेर्ने गरेकोले सबै सर्वसाधारणलाई सचेत बनाउन उठबस गराउने अभियान सुरु गरेको हो । यस अभियानबाट सर्वसाधारणमा रहेको चेतनामा बढावा मिल्ने अपेक्षा प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्