धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा आगलागी १५ लाख बराबरको क्षति

<span class='c1'>धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा</span> <span class='c2'>आगलागी १५ लाख बराबरको क्षति</span>

विराटनगर, भाद्र २८ ,धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा  भएको आगलागीबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको छ।
धनकुटाको लेगुवा-४ स्थित प्रेम बहादुर वस्नेतको घरमा विहान ११;३० बजे विधुतको तार सर्ट अचानक आगलागी हुँदा उनको २ तले तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १० लाख बराबरजको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

त्यस्तै धनकुटाकै जितपुर-७ बस्ने टिकाराम आले मगरको भान्सा कोठाबाट विहान १०;३० बजे तिर अचानक आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ।
आगोले उनको ३ तले तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीको टोली र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यता मोरङको बबियाबिर्ता-१ स्थीत बिकास टोल बस्ने पडुलाल चौधरीको घरमा पनि  दिउँसो १२;३० बजे बिधुत सर्ट भई आगलागी भएको छ।
आगलागीबाट उनको १ तले कच्ची तथा घरभित्र भएको सम्फुर्ण सामान समेत जल्दा १ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोली र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्