सप्तरीमा सर्पको बिगबिगी, एक महिनामा सातको मृत्यु

<span class='c1'>सप्तरीमा सर्पको बिगबिगी, एक</span> <span class='c2'>महिनामा सातको मृत्यु</span>

राजविराज, सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ ।

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको छ ।

यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको थियो । यो दुई घटनासँगै सप्तरीमा एक महिनाको अवधिमा हालसम्म सातजनाको सर्पदंशबाट मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायणसिँह सगरमाथा अञ्चल असतालमा एक महिनाको अवधिमा २०० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।

त्यसमध्ये हालसम्म सातजनाको मृत्यु भएको बताइएको छ । यहाँ वर्षा र अत्यधिक गर्मीका कारण सर्पदंशका घटना ह्वात्तै बढेको अनुमान गरिएको छ । अस्पतालमा दैनिक अहिले पाँचदेखि ६ वटा सर्पदंशको बिरामी उपचारका लागि आउने गरको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, अञ्चल अस्पतालबाहेकका अन्य स्वास्थ्य संस्था तथा निजी क्लिनिकमा उपचारका लागि बिरामी आउने गरेको पाइएको छ । यसैबीच, सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम अस्पतालमा अवश्यकताअनुसार पर्याप्त रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिलिप साहले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्