साधारण सभा सम्पन्न अध्यक्षमा पुनः राम

<span class='c1'>साधारण सभा सम्पन्न</span> <span class='c2'>अध्यक्षमा पुनः राम</span>

विजय धिमाल
विराटनगर, ३१ भदौ
मोरङको उर्लाबारी नगरपालिका ८ सुनझोडा स्थित धिमाल गाउँ टोल समिति श्री बुढाठाकुर धिमाल समुह को १७ औँ चुनावि तथा वार्षिक साधारणसभा बाट पुनः राम बहादुर धिमाल चयन भएको छ ।
14375363_765982266877764_1980747367_oधिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिवेशन यही वर्ष भित्रै हुने भएको हुँदा केन्द्र संग सम्बन्धित जातीय संगठनको नयाँ कार्य समिति चयन गरिदै आएको हो । नेपाल भर रहेको करिब एक सय धिमाल गाउँ टोल समिति, मोरङ÷झापा इलाका समिति, मोरङ÷झापा जिल्ला समिति, भातृ संगठन, विभागिय संगठनमा नयाँ कार्य समिति चयन भैरहेको छ । कतिपय धिमाल गाउँ टोल समितिहरुले चुनावि साधारण सम्पन्न गरी सकेको छ भने श्री बुढाठाकुर धिमाल समुह अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषअध्यक्ष क्रमश राम बहादुर धिमाल, रंजिता धिमाल, याम बहादुर धिमाल, अर्जुन धिमाल चयन भएको छ । सहसचिव र सदस्यहरु भने समय कम भएको कारण मनोनयन गरी राखिने निर्वाचित समितिले जानकारी दिएको छ । यसै कार्यक्रम बिच जेष्ठ व्यक्ति ८१ वर्षिय कन्चमान धिमाल र ७८ वर्षिय तारिलाल धिमाललाई सम्मान गरेका थिए ।
उल्लेखित समितिहरु चयन सम्पन्न पश्चात केन्द्रको राष्ट्रिय महादिवेशन र महासभा समिति चयन हुने गरेको मोरङ इलाका नम्बर १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरेराम धिमालले कार्यक्रममा बुझाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ इलाका नम्बर १ का अध्यक्ष हरेराम धिमालल अतिथिहरुमा बिभिन्न गाउँ टोल समितिका अध्यक्ष, स्थानिय बुद्धिजीवि व्यक्तिहरु रहेका थिए भने श्री बुढाठाकुर धिमाल समुहका अध्यक्ष राम दहादुर धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । श्री बुढाठाकुर धिमाल समुहका सचिव बल बहादुरले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्