मोरङमा चट्याङ लागेर तीन बालकको मृत्यु

<span class='c1'>मोरङमा चट्याङ लागेर</span> <span class='c2'>तीन बालकको मृत्यु</span>

मोरङ, असोज ३

मोरङको कोशी-हरैचा-१ मा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

मृत्यु हुनेमा कोशी-हरैचा-१ का १३ बर्षिय चिराक खुलाल, सोही ठाउँका १२ बर्षिया राहुल सुब्बा र १३ बर्षिय सन्देश उराउको रहेका छन्। चट्याङ लागेर सोही ठाउँका १० बर्षिया रोशन भट्टराई र सोही उमेरका आन्नद भट्टराई घाइते भएका छन्।

दिउँसो १;५५ बजे बाघझोडामा रहेको चौरीमा खेल्दै गर्दा उनीहरुलाई अचानक चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भिर घाइते भएका चिराक र राहुलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो भने सन्देशको उपचारकोलागी धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी विराटचौकले जनाएको छ।

यता सुनसरीको सिमरीया-७ बस्ने ३५ बर्षिया सुनिता साहको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ।

दिउँसो १;३० बजे तिर आफ्नै घरको कलमा पानी तान्ने मोटर जोडेर नुहाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएकी साहको दुहवी सामुदायिक अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्