झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या

<span class='c1'>झापा जिल्लाको शरणामती गाविसका</span> <span class='c2'>लेखापाल यामनाथ रिजालको हत्या</span>

बिराटनगर असोज ५ , झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या गरिएको छ ।
शरणामती स्थानीयबासीका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका ५ चप्रामारीमा फेला परेको थियो । रिजालको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ  ।
शरणामति–५ घर भएका ४२ वर्षीय रिजालको शव सडक किनारमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको निधारमा र खुट्टाको चोट भएका कारण उनको हत्या गरेर सडक किनारमा फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव सडक किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
सुरुङ्गास्थित त्रिवेणी होटलमा गएराति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच घटनाको विषयमा अनुसन्धान गर्न रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिवाकोटी र रिजालले राति अबेरसम्म मदिरा खाएको बुझिएको छ । शिवाकोटीलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्