सुनसरीमा पनि बम जस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय

<span class='c1'>सुनसरीमा पनि बम जस्तो</span> <span class='c2'>देखिने शंकास्पद वस्तु निस्क्रिय</span>

बिराटनगर असोज ६ , सुनसरीको बक्लौरीमा बुधबार सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ।

बक्लौरी– ४ मा अस्थायी प्रहरी विट राख्ने तयारी गरिएको स्थानभन्दा केही नजिक शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनी पकलीबाट गएको टोलीले निस्क्रिय गरेको हो। बिहान १० बजेतिर पानी परिरहेका बेला फेला परेको उक्त वस्तु दिउँसो १ बजे निस्क्रिय पारिएको हो।प्रहरीका अनुसार छ इन्च जतिका तीनवटा पाइपमा कालो टेपले बाधेर तार जोडेर राखिएको थियो। बम जस्तो देखिने उक्त शंकास्पद वस्तु राख्ने समूहको प्रहरीले खोजतलास थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्