मोरङको एक बिद्यालयमा खसीसँगै बसेर पढ्छन् विद्यार्थी

<span class='c1'>मोरङको एक बिद्यालयमा खसीसँगै</span> <span class='c2'>बसेर पढ्छन् विद्यार्थी</span>

गोपाल प्रसाद पोखरेल

पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् ।

कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट्टी भएपछि फेरि आफ्नो बासस्थानमा जान्छ । जामुनपारि जातको खसी अहिले ९० किलोको छ । सो खसी विद्यालय नजिकैको छिमेकीले पालेको हो । प्राचार्य बर्मा भन्नु हुन्छ, “ खसी छाडा नछोड्नु भनेर खसीधनीलाई भनियो, तर टेरेनन् । त्यो खसीले विगत एक वर्षदेखि निरन्तर विद्यार्थीसँग दिन बिताएको छ । त्यो खसीले विद्यार्थीलाई कुनै अप्ठ्यारो पारेको छैन ।”

प्राचार्य बर्माका अनुसार शिक्षक कक्षाकोठामा पढाउन जाँदा खसीले अटेर गरेर बस्न थालेपछि शिक्षकले पनि कक्षाकोठामा बस्न दिएका हुन् । बर्मा भन्नुहुन्छ, “जति धपाएपनि फेरि कक्षाकोठामा आइहाल्छ, पशु हो, के गर्नु ?” विद्यार्थीले समेत खसीलाई सुम्सुम्याउने, माया गर्ने गर्दछन् । सो स्कुलमा कक्षा ५ मा पढ्दै आएका रमेश उरावका अनुसार नियमित आउने÷जाने कक्षाकाठामै बस्ने भएकाले विद्यार्थीले फुर्सदको बेलामा सुमसुम्याउने, मुसार्ने र माया गर्ने गर्दछन् । उराव मात्र होइन धेरै विद्यार्थीका लागि सो खसी माया गर्ने पशु बनेको विद्यार्थी उरावको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्