उराव समुदायले राष्ट्रिय पर्व मनाउदै

उराव समुदायले राष्ट्रिय पर्व मनाउदै

प्रेम देवान
विराटनगर ९ असोज । नेपालको विभिन्न स्थानमा बसोबास गर्ने उँराउ समुदायले जातिय पर्व करम पुजाको अवसरमा महोत्सवको आयोजना गर्ने भएको छ ।
सांस्कृतिक भेषभुषाको संरक्षण एवं सम्वद्र्धनको साथै युवाहरुमा जगेर्ना गर्ने उदेश्यले उराव समुदायले राष्ट्रिय करम महोत्सव–२०७३ को आयोजना गर्न लागेको हो । महोत्सव असोज–१२ गते सुनसरीको इनरुवा स्थित भगवती मन्दीर परिसरमा हुने आयोजकले जनाएको छ ।
महोत्सव मुल समितिले विराटनगरमा आईतबार पत्रकार सम्मेलनगरी एक दिने महोत्सवमा भागलिन आदिवासी जनजाती कल्याणमन्त्री जोएल उराव आउन लाग्नु भएको जानकारी दिइयो ।महोत्सवमा नेपाल भारत दुवै देशका उराउ समुदायका अगुवाहरुको सहभागिता रहने बताइएको छ । दुवै देशको परापूर्वकाल देखि रहेको सम्वन्धलाई थप प्रगाढ बनाउन आदिवासि जनजाती मन्त्री उरावलाई कार्यक्रममा सहभागी गराउन लागिएको समितिका कोषाध्यक्ष धुर्व उरावले बताउनुभयो । महोत्सवमा नेपालभरीका उराव समुदायको सहभागित रहने जनाइएको छ । पुर्व मेची देखी पश्चिम महाकालीसम्मका उराव जातीहरु महोत्समा आफनो भेषभुषा सहित सहभागीता हुनेको साथै भारतको उडिसा, विहार, पश्चिम वंगाल तथा छतिशगढवाट समेत प्रतिनिधि रहने बताएको छ । महोत्वसमा नेपालका वरिष्ठ व्यतित्व तथा राजनितिकदलका प्रमुखहरुको सहभागिता रहने कोषाध्यक्ष उरावले बताउनुभयो । असोज–११ गते करम पुजा तथा भोलीपल्ट महोत्सको आयोजना गर्न लागिएको हो । नेपालमा ३ लाखभन्दा वढि उराव समुदायको जनसंख्या रहेका छन्।, छ ।
त्यसमध्ये सुनसरी जिल्लामा उराव जातीको जनसख्या अन्यको तुलनामा वढी तथ्याङ रहेको छ । महोत्सवमा सवै जातजातीको सहभागिता रहनेगरी महोत्वसको आयोजना गर्न लागिएको समितिका सचिव कुमार उरावले बताउनुभयो । मुख्यपर्व रुपमा मनाउने करम पुजाको अवसरमा उराव समुदायले करम तथा वेलको रुखको हागो काटेर पुजागर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्