बेलबारीमा बस र कार जुध्दा एक भारतीयको मृत्यु

बेलबारीमा बस र कार जुध्दा एक भारतीयको मृत्यु

मोरङ, असोज ११

मोरङको बेलबारीमा सोमबार विहान १०:३० बजे बस र कार जुध्दा कार चालक एक भारतीयको मृत्यु भएको छ।

बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको ना. ४ ख ७५६१ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउदै गरेको बिआर-११-यू-३४२१ नम्बरको कार बेलबारी-३ बेतौना सिमसार नजिकै एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा कारका चालक भारत सुपौल दौलतपुर-५ बस्ने ३५ वर्षियु विनयकुमार जैसवालको घटनास्थलमै मृत्यु भएको छ। जैसवाल मोरङ उर्लाबारीस्थीत ससुराली घरबाट फर्कदै गर्दा उक्त दुर्घटना भएको बुझीएको छ।

जैसवालको शव पोष्टमार्टमकालागी प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा पठाईएको छ भने बसका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्