सुनसरीमा घाँसको विषयमा विवाद हुँदा खातुनको ज्यान गयो

<span class='c1'>सुनसरीमा घाँसको विषयमा विवाद</span> <span class='c2'>हुँदा खातुनको ज्यान गयो</span>

विराटनगर, असोज  ११ – घाँसको विषयमा विवाद हुँदा सुनसरीको नरसिंङ–१ का अप्रोजा खातुनको ज्यान गएको छ । सोमबार सुनसरीको नरसिंहमा घाँस काट्ने विषयमा विवाद हुँदा स्थानीय २० वर्षे चब्रुन खातुन र ३० वर्षे अम्ना खातुनको कुटाइबाट अप्रोजाको ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी अप्रोजाको जिल्ला अस्पताल इनरुवामा उचारको क्रममा ज्यान गएको हो । खेतमा घाँस काट्ने विषयमा वाद–विवाद हुँदा दुबै जना मिलेर अप्रोजालाई कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दुबै महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा सोमबार घरायसी विवाद हँदा छोराको कुटाइबाट आमा जित्नीदेवी साह र बुवा रामविलास साह घाइते भएका छन् । घाइते रामविलासलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।

आमा जित्नीदेवीको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न छोरा सुरेश साहलाई इलाका प्रहरी कार्यालय रुपनीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्