खोटाङ, असोज १२
खोटाङको महादेबस्थान-४ स्थीत हलेसी बेकरी पाउरोटी उधोगमा बुधबार ग्यासको पाईप लिक भई आगलागी भएको छ।
नबिकरणसेवा समाज दुर्छिम र घरेलु तथा साना उद्योग खोटाङको संयुक्त अनुदान संचालन भएको उक्त उधोग महादेबस्थान ३ बस्ने योगेन्द्र राईले संचालन गर्दै आएका थिए।
दिउँसो २ बजेतिर अचानक लागेको आगोले बटर घ्यु, चामल, ,तयारी पाउरोटी, ओभन, ,ईन्भटर र जस्ता पाता समेत जल्दा २५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानीय बासीहरुको प्रयासमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ।