इलाम, असोज १४
इलामको जिर्मले-४ मा विहीबार चट्याङ लागेर एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा जिर्मले-४ बस्ने ५३ बर्षिया नरमाया गुरुङ रहेकी छिन्।
गुरुङलाई विहीबार दिउँसो २ बजेतिर आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेको थियो।
चट्याङ लागेर घाइते भएकी गुरुङको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरी चौकी जिर्मलेले जनाएको।