विराटनगर, असोज १८
मोरङको सुन्दरदुलारी-१० स्थीत दुलारी चोकमा ना. ४ ख. ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका उमेश चौधरीको मृत्यु भएको छ। साँझ ६ बजे तिर ठक्करबाट गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ७;४५ बजे मृत्यु भएको हो। ठक्कर दिने बसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ।