सिरहामा स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, ३ प्रहरी घाइते

<span class='c1'>सिरहामा स्थानीयद्वारा प्रहरीमाथि आक्रमण,</span> <span class='c2'>३ प्रहरी घाइते</span>

स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् भने प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटाइले एक महिलासमेत घाइते भएकी छिन् ।जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी कार्यालय ‘ख’ का प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चितनारायण माझी र प्रहरी हवल्दार रामकुमार यादव घाइते भएका हुन् । गम्भिर घाइते भएका प्रहरी सहायक निरीक्षक माझिलाई उपचारका लागि विराटनगर लगिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । प्रहरीको कुटाइबाट सिरहा २ का मूलहीदेवी यादव घाइते भएका हुन् । अन्यको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ ।सिरहा २ स्थित किराना पसल संचालक रामदेव यादवको पसलमा लुटपाट गर्दै सिरहा १ का आकाश यादवलगायतका युवाहरुले कुटपिट गरिरहेको खबर आएपछि आफू घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक यादवले बताए । प्रहरी निरीक्षक यादव घटनास्थलमा पुग्ने बितिकै अन्धाधुन्ध लाठी चार्ज गरेको प्रत्यक्षदर्शी रामपरीदेवी यादवले गुनासो पोखिन् । प्रहरीले लुटपिट र कुटपिट गर्नेको खोजी नगरी पीडित रामदेव, बली यादव, दिपेन्द्र यादवलाई कुटपिट गर्दै समातेर लगेको उनले सुनाइन् । ‘पिडकलाई पक्राउ गरी कारवाही गर्नुपर्नेमा पीडितलाई नै कुटपिट गर्दै लगेको देखेपछि महिला, पुरुषलगायतका स्थानीयवासीे वडा प्रहरी कार्यालय अगाडी पुगेका थिए,’ उनले भनिन्, ‘वडा प्रहरी कार्यालय अगाडि पुग्ने बित्तिकै प्रहरीले पून: अन्धाधुन्ध लाठी चार्ज गरे, सोही क्रममा प्रहरीले प्रहार गरेको लाठी मूलहीदेवीको टाउको र बाँया हातमा लागेपछि बेहोस भएर भुईमा लडिन् ।’ प्रहरीले मूलहीदेवी लगायतलाई कुटपिट गरेको आक्रोशमा स्थानीयले वडा प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गर्दै कार्यालय अगाडि सकडमा नै रोकि राखेको नम्बर प्लेट खुल्न नसकेको प्रहरीको मोटरसाइकलमा समेत आगजनी गरेको प्रत्यक्षदर्शी अशेष गोइतले बताए । प्रहरीको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीले मोटरसाइकल नम्बर भन्न चाहेनन् । उक्त मोटरसाइकल प्रहरीले पक्राउ गरेको चोरीको मोटरसाइकल हुन सक्ने एक प्रहरीले बताए । बेलुका ६:३० बजेदेखि ८ बजेसम्म स्थित तनाव पूर्ण रहेको थियो । मूलहीदेवी एक घण्टासम्म सडकमा नै अचेत अवस्थामा रहँदासमेत उपचारका लागि प्रहरीले नलगेको र अन्यलाई समेत लग्न नदिएको स्थानीयवासी आक्रोशित बनेका हुन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरीले जनाएको छ ।

- कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्