झापामा अज्ञात सवारीको ठक्करबाट एक महिलाको मृत्यु

<span class='c1'>झापामा अज्ञात सवारीको ठक्करबाट</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

झापा, असोज ३०

झापाको दुहागढी-४ स्थीत तेलीबारीमा शनिबार अज्ञात सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुहागढी-४ मा डेरागरी बस्ने अन्दाजी २९ बर्षिया निसा राई रहेकी छिन्। उनलाई बेलुका ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सवारी साधनले हिड्दै गर्दा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएकी राईलाई प्रहरी चौकी चारआलीको गस्ती टोलीले भेटी उपचारको लागी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा मृत्यु भएको हो।

घटना स्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट समेत प्रहरीको टोली खटिगई कानूनी प्रकृया तथा ठक्कर दिने सवारीको खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्