अन्तराष्ट्रिय महासम्मेलनको तयारी पुरा

अन्तराष्ट्रिय महासम्मेलनको तयारी पुरा

विजय धिमाल
राजघाट, ३० असोज।
झापाको दमक स्थित कार्तीक २, ३ र ४ गते किराँत भवनको प्रागणमा बृहत रुपमा हुनलागेको लिम्बु विध्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलनको तरायी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रथम पटक नेपालमा हुनलागेको यस महासम्मेलनले विश्वभरी छरीएर रहेको लिम्बु विध्यार्थीहरुलाई एकतृत पार्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएको हो । महासम्मेलनको पहिलो दिन दमक नगर केलाङ, माङलाङ सहित ¥याली, सांस्कृतिक झाकी, लिम्बु भेषभुष प्रदर्शन तथा सम्मान कार्यक्रम सहित संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्रि सांसद श्रीप्रसाद जवेगु बाट समुद्घाटन रहने छ । त्यस्तै दोश्रो दिन लिम्बु भाषा, लिपि, साँस्कृति र मुन्धम विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु कार्यपत्र प्रस्तुत रहने छ भने अन्तिम दिन घोषणापत्र जारी, पत्रकार सम्मेलन र अतिथि बिदाई रहने लिम्बु विध्यर्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले जानकारी पत्रकार सम्मेलनमा जानकारी दिए । थप्दै नेपाल सरकारको डाटामा २०६८ सालको जनगणना अनुसार ४ लाख ९० हजार उल्लेख छ, महासम्मेलन पूर्वको दमकमा गर्नुको कारण लिम्बु जातिको मुख्य थात थलो अरुण पूर्व खास क्षेत्र भएकाले, लिम्बुवान प्राप्ति सँगै अधिकारका खातिर र लिम्बु विध्यार्थी नेटवर्क सँन्जाल विस्तारका लागी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दार्जेलिङ, सुखिम, आसाम, भुटान, बर्मा, अमेरीका, युके, जापान लगायतका देशहरु गरी पाँच सय प्रतिनिधि वा परिवेक्षकहरुको सहभागी रहने सदस्य सचिव फिवराज बेघाले जानकारी दिए ।
14625723_781697808639543_1262304695_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्