अन्तराष्ट्रिय महासम्मेलन सुरु

<span class='c1'>अन्तराष्ट्रिय महासम्मेलन</span> <span class='c2'>सुरु</span>

विजय धिमाल
राजघाट, २ कार्तीक । झापाको दमक स्थित तिन दिन सम्मका लागी लिम्बु विध्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलन संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्रि सांसद श्रीप्रसाद जवेगुको प्रमुख आथित्यबाट समुद्घाटन भई महासम्मेलन सुरु भएको छ । प्रथम पटक नेपालमा मातृभाषामा व्यवाहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत्त लिम्बुवान अस्तित्वका निम्ति एकता नारा संगै महासम्मेलन सुरु भएको हो । विश्वभरी छरीएर रहेको लिम्बु विध्यार्थीहरुलाई एकतृत पार्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएको विध्यर्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले प्रष्ठ पारेकाथिए । महासम्मेलनको पहिलो दिन दमक नगर केलाङ, माङलाङ सहित ¥याली, सांस्कृतिक झाकी, लिम्बु भेषभुष प्रदर्शन तथा सम्मान कार्यक्रम रहेको थियो । सम्मानित २०१४ मिस नेपाल सुविन लिम्बु,साहित्यकार सेसेमी नाल्बो, जातिय पोशाक प्रचारक कल्पनना योङहाङ र कलाकारीतामा राजकुमार आङदेम्बे लाई मन्त्रि जवेगु बाट सम्मान गरीएको थियो । उपस्थित अतिथिहरुले लिम्बुवानी भुमि पिर्ता, राज्यको हरेक तहतप्काहरुमा समानता र समावेशी, लिम्बुजातिलाई अपहेलित र अपमानित राज्यवाट भएको र हुदैआएको प्रष्ट पारेका थिए । यसै मञ्चबाट राज्यलाई खबरदारी गर्दै कलम बोक्ने हातले हतिया उठाउन बाध्य नबनाउन चेतावनी समेत दिएका थिए । त्यस्तै दोश्रो दिन लिम्बु भाषा, लिपि, साँस्कृति र मुन्धम विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु कार्यपत्र प्रस्तुत रहने छ भने अन्तिम दिन घोषणापत्र जारी, पत्रकार सम्मेलन र अतिथि बिदाई रहने लिम्बु विध्यर्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले जानकारी दिए । कार्यक्रममा स्वदेश लगायत दार्जेलिङ, सुखिम, आसाम, भुटान, बर्मा, अमेरीका, युके, जापान लगायतका देशहरु गरी पाँच सय प्रतिनिधि वा परिवेक्षकहरुको अतिथिहरुको सहभागी रहने सदस्य सचिव फिवराज बेघाले जानकारी दिए ।

तस्विरहरु:
14625577_782840445191946_433719315_o14725394_782840685191922_1281156502_o14786874_782840005191990_60646069_o14795907_782840328525291_1091193119_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्