धरानबाट विष्फोटक पदार्थ बनाउने एक पक्राउ

<span class='c1'>धरानबाट विष्फोटक पदार्थ</span> <span class='c2'>बनाउने एक पक्राउ</span>

सुनसरी, कार्तिक ४

सुनसरीको धरानबाट प्रहरीले मंगलबार ठूलो परिमाणमा बिष्पोटक पदार्थ बनाउने सामानसहित एकजनालई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभा जिल्लाको चेपुवा गाविस ६ घर भई सुनसरी धरान उपमहानगरपालिका १५ स्थित दुर्गा रिजालको घरमा डेरा गरी बस्ने ३८ वर्षिय ङिमा अन्दी भोटे रहेका छन्।

भोटेले कोठामा विष्फोटक पदार्थ लुकाई राखेको छ भन्ने विशेष सुचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।

भोटेको कोठाबाट गन्धक-६१ केजी, सोडा १०९ केजी, नौसागर–४१ केजी, समुन्द्र मन्थन १० केजी, निलोतुथो–६ केजी, रक्तचन्दन काठ ३ केजी तथआ नेपाली ६ हजार ९ सय ४० र भारु दुई हजार रुपैया बरामद भएको उक्त कार्यालयले जनाएको छ।

भोटेलाई बुधबार जिल्ला अदालत सुनसरीबाट विष्फोटक पदार्थ ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्